१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


सोमबारको हावाहुरीबाट काठमाडौंमा एक महिलाको मृत्यु


0
Shares

काठमाडौं, चैत १६ । काठमाडौंमा सोमबार आएको हावाहुरीका कारण घाइते भएकी एक महिलाको उपचारकाक्रममा मृत्यु भएको छ ।

स्वयम्भू स्तुपानजिकको घरको छतबाट इँटा खस्नेक्रममा भागदौड हुँदा नागार्जुन–४ सीतापाइला बस्ने कन्चनपुर, महेन्द्रनगरकी ३५ वर्षीया विमला मगर घाइते भइ मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएकामा उपचारकाक्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक कोमल शाहले घाइते मगरलाई उपचारका लागि अस्पताल लगिएकामा सोमबार राति उपचारकाक्रममा मृत्यु भएको जानकारी दिइन् ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल लगिएको छ ।

हावाहुरीका कारण काठमाडौंमा पाँचजना, भक्तपुरमा चारजना र ललितपुरमा दुईजना गरी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । रासस