पूर्वाञ्चलबाट २१ सय बढी विद्यार्थीले एसएलसी दिन नपाउने • Image Khabar Image Khabar


पूर्वाञ्चलबाट २१ सय बढी विद्यार्थीले एसएलसी दिन नपाउने


Imagekhabar
१७ चैत्र २०७२, बुधबार ०५:४१

पूर्वाञ्चलबाट २१ सय बढी विद्यार्थीले एसएलसी दिन नपाउने

धनकुटा, चैत १७ । पूर्वाञ्चलबाट यो वर्ष २ हजार १ सय ५७ विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।

बिहीबारबाट सुरु हुने एलएलसी परीक्षामा ७० प्रतिशत हाजिर नपुगेका र कक्षा १० मा भर्ना भए पनि परीक्षा फर्म नभरेका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित हुन लागेका हुन् ।

पूर्वाञ्चलबाट सबैभन्दा बढी मोरङका ४ सय ७८ जना विद्यार्थीले परीक्षा दिन नपाउने छन् । यो वर्ष पूर्वाञ्चलबाट १ लाख ४१ हजार ६ सय ४७ जना विद्यार्थी एसएलसीमा सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्