दुई वर्षभित्रमा चाहिएजति विद्युत् : प्रधानमन्त्री • Image Khabar Image Khabar


दुई वर्षभित्रमा चाहिएजति विद्युत् : प्रधानमन्त्री


Imagekhabar
१७ चैत्र २०७२, बुधबार ०८:३०

दुई वर्षभित्रमा चाहिएजति विद्युत् : प्रधानमन्त्री

चितवन, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध हुने दाबी गरेका छन् ।

बुधबार चितवनको रत्ननगरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्रमा लोडसेडिङ अन्त्य हुने र दुई वर्षभित्र नेपालीहरुले चाहिएजति विद्युत् उपभोग गर्न पाउने दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणकाक्रममा राष्ट्रहितलाई ध्यानमा राखेर पारवाहनलगायतका सम्झौता गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्