२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालको आन्तरिक मामिलामा बढी चासो नराख्न इयु र भारतलाई प्रधानमन्त्रीको चेतावनी


0
Shares

काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नराख्न छिमेकी राष्ट्र भारत र युरोपेली युनियनलाई चेतावनी दिएका छन् ।

अन्तर्राट्रिय सरोकार केन्द्रले विहीबार राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो आन्तरिक मामिला सुल्झाउन नेपाल आफैं सक्षम रहेको स्पस्ट पार्दै नेपालको सार्वभौमिकतालाई सम्मान गर्न उनीहरुलाई आग्रह गरे ।

बेल्जियमको ब्रसेल्समा भएको युरोपेली संघ र भारतको सम्मेलनले नेपालको नयाँ संविधानलाई दीगो र समावेशी बनाउनका लागि बाँकी रहेका समस्यालाई सम्बोधन गर्न सुझाव दिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरेका हुन् ।

नेपाली जनताको मतलाई सम्मान : चिनियाँ राजदूत
कार्यक्रममा चीनका राजदूत वु चुन्थाइले चीनले सधैं नेपालको सार्वभौमसत्ता, भौगोलिक अखन्डता र विकासका लागि जनताले रोजेको बाटोको सम्मान गर्ने बताए ।

नेपालको विकास र भूकम्पपछिको पुनःनिर्माणमा चीनको प्रतिबद्धता पनि उनले दोहो¥याए ।

‘इन्धन सम्झौता हतार छैन भन्नु स्वीकार्य हुन सक्दैन’
कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले ‘प्रधानमन्त्रीको चीन भ्रमणकाक्रममा दूरगामी महत्वको पारवाहन सम्झौताकासाथै अन्य बहुआयामिक क्षेत्रहरुमा सहयोग अगाडि बढाउने प्रतिबद्धता आउनु महत्वपूर्ण हो’–भने ।

यस्तै, पूर्वमुख्यसचिव लिलामणि पौड्यालले ‘अहिलेको आवश्यक्ता भनेको चीनसँग इन्धन सम्झौता नै हो’ भन्दै ‘इन्धन सम्झौतालाई हतार छैन भन्नु स्वीकार्य हुन सक्दैन’–भने ।