कराँते खेलाडीको बिदाइ, प्रतियोगिता जिते एक लाख डलर पुरस्कार पाउने • Image Khabar Image Khabar


कराँते खेलाडीको बिदाइ, प्रतियोगिता जिते एक लाख डलर पुरस्कार पाउने


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार ११:३४

कराँते खेलाडीको बिदाइ, प्रतियोगिता जिते एक लाख डलर पुरस्कार पाउने

काठमाडौं, चैत २३ । आगामी बिहिबारदेखि युएईको दुबईमा सुरु हुने कराँते वन प्रिमियर लिगमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विजेताले एक लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा नेपाली खेलाडी मुकुन्द महर्जन र मन्डीकाजी श्रेष्ठले सहभागिता जनाउने भएका हुन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरे ।

आगामी आइतबारसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न देशका विश्वस्तरीय खेलाडीहरुले सहभागिता जनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्