आर्मी प्रेसिडेन्ट कपको सेमिफाइनलमा • Image Khabar Image Khabar


आर्मी प्रेसिडेन्ट कपको सेमिफाइनलमा


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १३:२९

आर्मी प्रेसिडेन्ट कपको सेमिफाइनलमा

बुटवल, चैत २३ । त्रिभुवन आर्मी क्लब बुटवलमा जारी सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा फर्साटिकर फुटबल क्लबलाई २–१ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

आर्मी जिताउनेक्रममा खेलको २९औं मिनेटमा राजीव गुरुङ र ३३औं मिनेटमा तुर्ब तामाङले गोल गरे ।

फर्साटिकरका लागि खेलको ७०औं मिनेटमा राम लिम्बुले एक सान्त्वना गोल फर्काए ।

खेलको ‘म्यान अफ द म्याच’ फर्साटिकर क्लबका दिनेश गुरुङ घोषित भए ।

मदन भण्डारी स्पोट्र्स एकेडेमी लुम्बिनीको आयोजनामा बुटवल, रामनगर खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार सुनौलो संगम युवा क्लब बुटवल र सशस्त्र प्रहरी काठमाडौं भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्