मनाङलाई हराउँदै आर्मी फाइनलमा • Image Khabar Image Khabar


मनाङलाई हराउँदै आर्मी फाइनलमा


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार १२:५९

मनाङलाई हराउँदै आर्मी फाइनलमा

झापा, चैत २५ । मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा विहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङलाई १–० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।

खेलको ११औं मिनेटमा अमित तामाङले प्रहार गरेकोे फ्रिकिकले जाली चुमेपछि आर्मी विजयी भएको हो । डि एरियाबाहिर पाएको फ्रिकिकमा तामाङको प्रहार नै निर्णायक गोलमा परिणत भयो ।

मनाङले अधिकांश समय खेललाई दबाबमा राखेपनि गोल गर्न भने असफल रह्यो । आर्मीका विश्व अधिकारी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

आर्मीले अब उपाधिका लागि आगामी शनिबार हुने फाइनलमा आयोजक झापा–११ को सामना गर्नेछ ।

विजेताले ६ लाख रुपैयाँ र उपविजेताले टोलीले तीन लाख रुपैयाँ जित्नेछन् । प्रतियोगितामा भारतका दुईसहित १० ओटा टिमको सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्