यु–१४ एएफसी क्षेत्रीय महिला फुटबलका लागि नेपाली टोली घोषणा, भारतसँग पहिलो खेल • Image Khabar Image Khabar


यु–१४ एएफसी क्षेत्रीय महिला फुटबलका लागि नेपाली टोली घोषणा, भारतसँग पहिलो खेल


Imagekhabar
२६ चैत्र २०७२, शुक्रबार १२:०६

यु–१४ एएफसी क्षेत्रीय महिला फुटबलका लागि नेपाली टोली घोषणा, भारतसँग पहिलो खेल

काठमाडौं, चैत २६ । ताजकिस्तानमा अप्रिल २६ तारिखदेखि हुने एएफसी यु–१४ रिजनल गल्स फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्राविधिक निर्देशक जापानी चियाकी ताकेदा र प्रशिक्षक विनोद लामाले शुक्रबार १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नवलपरासीमा भएको छनोटबाट छानिएका २८ खेलाडीबाट १८ जनाको अन्तिम टिमको छनोट गरिएको एन्फाले जनाएको छ ।

छानिने खेलाडीमा पत्रिता राई, पूनम घिमिरे, पूर्णिमा घिसिङ, रजनी ठोकर, रज्जु खड्का, रोशनी खत्री, सविना चौधरी र रजनी थोकर हुन् ।

त्यस्तै, सलोनी राना मगर, सरिता न्यौपाने, श्रीषा कार्की, सुमित्रासिं पाख्रिन, सुनु जिम्बा र उदया थापा अन्तिम १८ भित्र समेटिएका छन् । गोलरक्षक प्रशिक्षकमा अस्मिता खवास रहेकी छन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् ।

नेपालले पहिलो खेल २७ अप्रिलमा भारतसँग तथा २८ अप्रिलमा बंगलादेशसँग खेल्नेछ ।

अघिल्लो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुँदै उपविजेतामा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्