स्कुल क्रिकेट लिग सुरु • Image Khabar Image Khabar


स्कुल क्रिकेट लिग सुरु


Imagekhabar
२७ चैत्र २०७२, शनिबार १२:२५

स्कुल क्रिकेट लिग सुरु

काठमाडौं, चैत २७ । डीएभी सुशिल केडिया विश्व भारती स्कुलको आयोजनामा शनिबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय स्कुल क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा ९ नेपाली तथा ३ भारतीय स्कुलका गरी १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

बिहीबारसम्म सन्चालन हुने प्रतियोगिताका खेलहरु ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुनेछन् ।

सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गराइ प्रतिस्पर्धा गराइएको छ ।

प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्