३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


जर्मनीको सबैभन्दा ठूलो बेश्यालयमा प्रहरीद्वारा छापा


0
Shares

बर्लिन, वैशाख ३ । जर्मनीको बर्लिनमा रहेको सबैभन्दा ठूलो बेश्यालयमा प्रहरीले छापा मारेको छ ।

मानव तस्करी र कर छलीको आरोपमा प्रहरीले ब्रोथेल्समा छापा मारेको हो । बेश्यालयमा छापा मार्न ९ सय प्रहरी पुगेका थिए ।

बेश्यालयका व्यवस्थापकले सन् २००६ देखि कर छली गरेको त्यहाँका कर अधिकारीले जनाएका छन् । ब्रोथेल्सले १७ दशमलव ५ मिलियन युरो छली गरेको बताइएको छ । त्यसैले यो छापा कर छली र मानवतस्करीविरुद्ध भएको प्रहरीले जनाएको छ ।

जर्मनीमा बेश्यावृत्तिलाई सन् २००२ देखि कानुनी मान्यता दिइएको छ । प्रायः पूर्वी युरोपका यौनकर्मी यो बेश्यालयमा काम गर्ने गर्दछन् । पछिल्लो २० वर्ष यता जर्मनीमा यौनकर्मीको संख्यामा दोब्बरले बढेर चार लाख पुगेको छ । (एजेन्सी)