Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


मानव ओसार–पसार गरी धर्म परिवर्तन गराउनेलाई जेल


0
Shares

ललितपुर, साउन ७ । मानव ओसार–पसार गरी धर्म परिवर्तन गराउन खोज्ने चिनिमाया तामाङलाई जिल्ला अदालत ललितपुरले बिहीबार पूर्पक्षका लागि जेल चलान गरेको छ ।

धनकुटा जिल्ला धनकुटा नगरपालिका–४ बस्ने तामाङले विगत पाँच वर्षदेखि सम्बधित निकायबाट संस्था नवीकरण नगराइ आफ्नै घर–कोठाबाट अवैधरुपमा ‘माया अनाथ आश्रम’ सन्चालन गर्दै आएको भेटिएको महानरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।

निज तामाङले शंखमुलस्थित हरिबहादुर तामाङले सन्चालन गर्दै आएको जेरुसेलम एन्टिवन चर्चमा बालबालिकालाई राखेर मानव ओसारपसार तथा जबर्जस्ती धर्म परिवर्तन गराउँदै आएको सूचनाको आधारमा प्रहरीले असार १० गते रंगेहात पक्राउ गरिएको जनाएको छ ।

प्रहरी र जिल्ला बालकल्याण समितिसमेतको संयुक्त टोलीले उक्त चर्चबाट १४ जना बालबालिकालाई उद्धार गरिएको प्रहरीले बताएको छ ।

उक्त कार्यमा संलग्न तामाङद्वयलाई मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्दाअन्तर्गत् अदालतले चिनिमायालाई जेल चलान गरिएको जनाइएको छ ।

चर्चका सन्चालक हरिबहादुर तामाङलाई नगद रु ५० हजार धरौटी माग गरिएको बताइएको छ । रासस ।