राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १७ देखि « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १७ देखि


0
Shares

काठमाडौं, साउन १३ । नेपाल स्क्वास राकेट्स संघले धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना गर्नेे भएको छ ।

आगामी साउन १७ देखि २२ गतेसम्म सातदोबाटास्थित संघको स्क्वास कोर्टमा प्रतियोगिता सन्चालन हुनेछ ।

६ दिने प्रतियोगितामा विभिन्न ६ विधामा ८० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ ।

विभिन्न विधामा विजेता हुने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने संघले जनाएको छ ।