स्विटजरल्याण्डमा गुडिरहेको रेलभित्र चक्कु प्रहार, ६ जना घाइते • Image Khabar Image Khabar


स्विटजरल्याण्डमा गुडिरहेको रेलभित्र चक्कु प्रहार, ६ जना घाइते


Imagekhabar
३० श्रावण २०७३, आईतवार १३:२८

स्विटजरल्याण्डमा गुडिरहेको रेलभित्र चक्कु प्रहार, ६ जना घाइते

काठमाडौं, साउन ३० । स्विटजरल्याण्डमा एक युवकले गुडिरहेको रेलमा चक्कु प्रहार गर्दा छ जना घाइते भएका छन् ।

ज्वलनशिल पदार्थ र चक्कु सहित रेलमा प्रवेश गरेको २७ बर्षिय युवकले रेलमा आगजनी गर्नुका साथै चक्कु प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा छ बर्षिय बालक पनि छन् । आक्रमणकारी पनि घाइते भएका छन् । स्वीस सरकारले घटनाको छानबिन भइरहेको भन्दै यो आतंकवादसँग सम्बन्धित भने नरहेको जनाएको छ । घाइतेको शरिर पूरै जलेकाले अवस्था गम्भीर रहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्