इलामबासीका लागि स्वास्थ्य बीमा कार्यक्रम थालनी हुँदै • Image Khabar Image Khabar


इलामबासीका लागि स्वास्थ्य बीमा कार्यक्रम थालनी हुँदै


Imagekhabar
३१ श्रावण २०७३, सोमबार ०२:३३

इलामबासीका लागि स्वास्थ्य बीमा कार्यक्रम थालनी हुँदै

झापा, साउन ३० । सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालले भदौ १ गतेदेखि सेवा प्रवाह गर्ने भएको छ ।

आइतबार अस्पताल प्रशासनले बिर्तामोडमा पत्रकार सम्मेलन गरी पहिलो चरणमा अस्पतालको सदस्य बनेका इलामका बासिन्दालाई भदौ १ गतेदेखि सेवा दिने जानकारी दिएको हो ।

हाल पूर्वको इलामसहित कैलाली र बागलुङमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको छ । इलामसहित मेचीका जनतालाई सो सेवा उपलब्ध गराउन अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्