काठमाडौं, साउन ३२ । ब्राजिलमा जारी रियो ओलम्पिकको नवौं दिनका खेल जारि रहँदासम्म पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ ।
अमेरिका २६ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । १६ स्वर्ण जितेको बेलायत दोस्रो स्थानमा छ भने १५ स्वर्ण जितेको चीन तेस्रो स्थानमा यथावत छ ।
त्यसैगरी ११ स्वर्ण जितेको रुस चौथो स्थानमा रहँदा ८-८ स्वर्ण पदक जितेका इटली र जर्मनी क्रमशः पाँचौं र छैठौं स्थानमा छन् ।
फ्रान्स र जापानले पनि समान ७÷७ स्वर्ण जितेका छन् भने अस्ट्रेलिया, दक्षिण कोरिया र नेदरल्यान्डले समान ६-६ स्वर्ण पदक जितेका छन् ।
रियो ओलम्पिकमा हालसम्म ४५ राष्ट्रले स्वर्ण पदक जित्दा ६५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्