फेरि आन्दोलन गर्ने डा. केसीको चेतावनी, महाअभियोगको प्रक्रिया अघि बढाउन माग • Image Khabar Image Khabar


फेरि आन्दोलन गर्ने डा. केसीको चेतावनी, महाअभियोगको प्रक्रिया अघि बढाउन माग


Imagekhabar
१ भाद्र २०७३, बुधबार २३:४३

फेरि आन्दोलन गर्ने डा. केसीको चेतावनी, महाअभियोगको प्रक्रिया अघि बढाउन माग

काठमाडौं, भदौ १ । सरकारले आफूसँगको सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको भन्दै डा. गोविन्द केसीले यस्तै स्थिति कायम रहे फेरि आन्दोलन गर्ने बताएका छन् ।

बुधबार शिक्षण अस्पताल, महाराजगन्ज परिसरमा पत्रकार सम्मेलन गरी केसीले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले आगामी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सम्झौता कार्यान्वयनका लागि दबाब दिइनेसमेत बताए ।

केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा महाअभियोगको प्रक्रिया अघि बढाउन पनि माग गरे ।

स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधारको माग राखेर डा. केसी पटक–पटक अनशन बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्