
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, भदौ २ । पाँचथरको याङनाम–१ र भारपा–४ मा निर्माणधीन हेवाखोला जलविद्युत् परियोजना ‘ए’ले स्थानीयका लागि शेयर निष्काशन गर्ने भएको छ ।
शेयर निष्काशन गर्नुपर्नेसहितका ४ बुँदे माग राख्दै आन्दोलित स्थानीयका लागि शेयर निष्काशन गर्न आयोजना राजी भएको हो ।
स्थानीयका लागि शेयर निष्काशनको प्रक्रिया अघि बढेको कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले बताए ।
कम्पनी, स्थानीय, राजनीतिक दल तथा प्रशासनबीच भएको छलफलपछि शेयर निष्काशन गर्ने, विगतमा भएका सहमति कार्यान्वयन गर्नेलगायतका विषयमा सहमति भएको दबाब समितिका रुपनारायण जवेगुले बताए ।
गत साउन १६ गते समितिले शेयर निष्काशन गर्दा अतिप्रभावित, प्रभावित र जिल्लाबासीलेमात्र आवेदन दिन पाउने व्यवस्था गर्नुपर्ने भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्