जापानी औषधि नेपालमा पनि • Image Khabar Image Khabar


जापानी औषधि नेपालमा पनि


Imagekhabar
४ भाद्र २०७३, शनिबार ०२:१९

जापानी औषधि नेपालमा पनि

काठमाडौं, भदौ ३ । जापानी बहुराष्ट्रिय कम्पनी रोहतो–मेन्थोलातमको औषधिजन्य उत्पादन नेपाली बजारमा पनि भित्रिएको छ ।

कम्पनीले नेपालको आधिकारिक विक्रेता बिके ग्रुपलाई नियुक्त पनि गरेको जनाएको छ ।

कम्पनीले शुक्रबार काठमाडौंमा कार्यक्रम गरी आधिकारिक विक्रेता नियुक्त गरेको र आफ्नो उत्पादनबारे जानकारी गराएको हो ।

कम्पनीले रोहतो आइ ड्रपसहित अरु चार प्रकारका औषधि ल्याएको जनाएको छ ।

‘आई पर्फ्यूम’कोरुपमा परिचित रोहतो आइ ड्रपको स्थानीय मूल्य २ सय ८५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले छाला, कपाल, दाग हटाउनेलगायतका औषधि पनि नेपाली बजारमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्