बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला भृकुटीमन्डपमा सुरु • Image Khabar Image Khabar


बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला भृकुटीमन्डपमा सुरु


Imagekhabar
४ भाद्र २०७३, शनिबार ०२:२०

बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला भृकुटीमन्डपमा सुरु

काठमाडौं, भदौ ३ । भूकम्पप्रतिरोधी भवन निर्माण सामग्री तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला २०७३ सुरु भएको छ ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्राक्टर्सले आयोजना गरेको मेलाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उद्घाटन गरे ।

मेलामा ५० जना स्वयंसेवी इन्जिनियरहरुले निर्माणसम्बन्धी जानकारी दिनेछन् ।

मेलामा निर्माणसम्बन्धी विभिन्न पाँचओटा विषयमा प्राविधिक छलफल रहेको संस्थाका अध्यक्ष विरेन्द्रराज पाण्डेले बताए ।

मेलामा राष्ट्रिय भवनसंहिता तथा उपयोग, पुनःनिर्माण तथा पुनर्बास, निर्माण सामग्री तथा प्रविधि, सहरीकरण तथा बस्ती विकास एवं पुरातात्विक सम्पदा विषयमा छलफल हुने जनाइएको छ ।

मेलामा घरजग्गा, सिमेन्ट, फर्निचर तथा फर्निसिङ, छड, इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामग्री, बैंक, बिमा, प्रिफेब हाउसलगायतका १ सय ५० भन्दा बढी स्टल राखिएका छन् ।

मेला भदौ ६ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्