२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


माडी सडक खण्डमा चल्ने सवारी साधन बन्द


0
Shares

चितवन, भदौ ४ । रुट परमिट नभएपछि चितवनको माडी सडक खण्डमा चल्ने सवारी साधन आज बन्द भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रुट परमिट विनाका सवारी साधन सञ्चालनमा रोक लगाएपछि सो क्षेत्रमा सञ्चालन भइरहेका सवारी साधन बन्द भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार माडी रुटमा अनुमति बिनानै सञ्चालनमा रहेका १० वटा बसलाई नियन्त्रणमा लिएको थियो ।

सरकारले मन्त्रिस्तरीय निर्णयबाट रुट परमिट विना चलेका सवारीमा रोक लगाएपछि अहिले देशैभरका ट्राफिक कार्यालयले कडाई गर्न थालेका छन् ।

माडीसँगै पश्चिम क्षेत्रमा सञ्चालनमा रहेका कुनै पनि सार्वजनिक बसले रुट परमिट लिएका छैनन् ।

चितवन यातायात व्यवसायी संघ र नारायणी यातायात व्यवसायी संघको माडी क्षेत्र संयोजक एवं रुट व्यवस्थापन प्रमुख हितमान गुरुङले भने सरकारले यातायात व्यवसायीमाथि अत्याचार गरेको आरोप लगाए ।