१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


राजमार्ग मै भेल, प्रधानमन्त्रीको कार्यक्रममा जान लागेका कार्यकर्तासहित यात्रु अलपत्र


0
Shares

रौतहट, भदौ २७ । भारी वर्षापछि आएको बाढीका कारण रौतहटको चन्द्रनिगाहपुर–बागमती सडकखण्ड अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध भएसँगै दर्जनौं सवारी साधन जंगलमै रोकिएका छन् ।

बाढीका कारण प्रधानमन्त्री पुष्पकमल दाहालको सिराहास्थित मिर्चैयामा हुने कार्यक्रमका लागि रिजर्भ गरेर जान लागेको कयौं सवारी साधनसमेत चन्द्रनिगाहपुरमै रोकिएका छन् ।

यसैबीच अविरल बर्षाका कारण रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १३, १४ र १५ को कार्यालयको भवन र डुमरिया हेल्थपोष्ट, मत्सरी गाविसको कार्यालय रहेको भवनलगायतका स्थान डुबानमा परेका छन् ।