बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, चौपायलाई बलि दिइने • Image Khabar Image Khabar


बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, चौपायलाई बलि दिइने


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार १४:१४

बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, चौपायलाई बलि दिइने

काठमाडौं, भदौ २८ । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जंगलमा लगेपछि छोरालाई बलि चढाउंन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।

मुस्लिम समुदायको बकर इदका अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्