२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मलेसिया गएका वलीको अचानक मृत्यु


0
Shares

सल्यान, भदौ २८ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ ।

एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।

वलीको उपचारका क्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिइन् । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उनले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गरेकी छन् ।

मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा छन् । (रासस)