इन्द्रजात्राको लिंगो ठड्याउने क्रममा यसरी ढल्यो, दुई जना घाइते(भिडियो हेर्नुहोस) • Image Khabar Image Khabar


इन्द्रजात्राको लिंगो ठड्याउने क्रममा यसरी ढल्यो, दुई जना घाइते(भिडियो हेर्नुहोस)


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार १७:१२

इन्द्रजात्राको लिंगो ठड्याउने क्रममा यसरी ढल्यो, दुई जना घाइते(भिडियो हेर्नुहोस)

काठमाडौं, भदौ २८ । इन्द्रजात्राको शुरुआतको संकेत स्वरुप काठमाडौंको हनुमानढोकामा लिंगो ठड्याउने क्रममा ढलेको छ । इन्द्रध्वजसहितको ३२ हाते लिंगो ढल्दा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली सेनाका हवल्दार ४५ वर्षीय भुमबहादुर गुरुङ र सिन्धुपाल्चोकको डाँछी गाविस–८ का ४५ वर्षीय पुष्प लामाको खुट्टामा चोट लागेको छ ।

गुरुङको छाउनी अस्पताल र लामाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ९ बजेर ३ मिनेटको शुभसाइतमा स्थानीय मानन्धर समुदायले लिंगो ठड्याउने क्रममा एक्कासी ढलेको हो

त्यसपछि क्षमा पूजा गरेर लिंगो पुनः ठड्याइएको छ । इन्द्रध्वजसहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा विधिवत सुरु भएको मानिन्छ ।

इन्द्रजात्रा सात दिनसम्म मनाउने गरिन्छ । इन्द्रजात्राका बेला मजिपाः लाखे, हल्चोकका श्वेत भैरव, किलागलका हात्तीरुपी पुलुकिसीलगायतका देवी देवताका नाच नाचिने परम्परा छ ।

lingo12

हनुमानढोकामा लिंगो ठड्याइएसँगै काठमाडौं शहरको रक्षाका लागि चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतीक पनि ठड्याइएको छ ।

यस्तै इन्द्रजात्रा सुरु भएको प्रतीकस्वरुप ललितपुर र भक्तपुर दरबार क्षेत्रलगायतका ठाउँमा स–साना लिंगो ठड्याउने गरिन्छ ।

सात दिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन आज काठमाडौंबासीले आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा ३ सय ६५ वटा दीप बालेर ‘उप्पाकु’ मनाउँदैछन् ।

 

प्रतिक्रिया दिनुहोस्