
दाङ, भदौ २८ । दाङका एक अटोरिक्सा चालकले फेलापारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् ।
दाङ, गढवाचौक निवासी २२ वर्षीय महेश चौधरीले रा१च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मंगलबार बिहान रु ५० हजार फेलापारेका थिए ।
प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहकाअनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनि फेलापरेको रु ५००।– र रु १००।– का रु ५०,००० कोे बिटो प्रहरीलाई बुझाएका हुन् ।
उनले उक्त रकम गढुवा बजार आसपासमा बस्ने कुनै व्यक्तिको हुनसक्ने उल्लेख गर्दै सम्बन्धित व्यक्तिको पहिचान गरी रकम फिर्ता दिलाउन प्रहरीलाई आग्रहसमेत गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्