नेपाल इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा • Image Khabar Image Khabar


नेपाल इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा


Imagekhabar
२९ भाद्र २०७३, बुधबार ०२:४३

नेपाल इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

काठमाडौं, भदौ २८ । नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औं कार्यकारिणी परिषदमा अध्यक्ष पदको लागि लोकतान्त्रिक समूहका तर्फबाट हरेराम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस समूहको घोषणापत्र सार्वजनिक गरिएको हो ।

परिषदको उपाध्यक्षमा शंकर शाह, महासचिवमा उमेशप्रसाद थानी, उपमहासचिवमा रवि भूषण झा तथा कोषाध्यक्षमा सुसन वैद्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सदस्यमा १० जनाले उम्मेदवारी दिएका छन् । समूहले ३०औं कार्यकारिणी परिषदले सुरु गरेका विषयहरुलाई निरन्तरता दिँदै अरु थप प्रतिबद्धता पनि घोषणा गरेको छ ।

निजी क्षेत्रमा कार्यरत् इन्जिनियरहरुका लागि न्यूनतम् पारिश्रमिक निर्धारणको लागि पहल गर्ने प्रतिबद्धता पनि समूहको छ ।

परिषदको निर्वाचन आगामी भदौ ३१ गते काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्