
संखुवासभा, भदौ २९ । संखुवासभाको पावाखोला गाउँ विकास समितिमा पहिरोले बाटो बगाएपछि विमा गाउँका बासिन्दा नाकाबन्दीमा परेका छन् ।
जिल्लाको उत्तरी हिमाली गाविस पावाखोला– ३ खानी गैह्रमा पहिरोले बाटो बगाएपछि आवगमनसँगै विमा गाउँवासी नाकाबन्दीमा परेका हुन् ।
दैनिक उपभोग्य सामानका लागिसमेत उक्त बाटोभन्दा विकल्प नभएकाले समस्या परेको स्थानीयले बताएका छन् ।
पावाखोला विमा गाउँको माथि जंगल छ भने दुबै क्षेत्रमा भीर रहेको छ । एउटै बाटो पनि पहिरोले बगाएपछि ३४ घर परिवार विचल्लीमा परेका हुन् । उक्त स्थान सदरमुकाम खाँदवारीबाट तीन दिनको पैदल दूरीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्