
अनिल तिवारी (इमेज)
वीरगन्ज, भदौ २९ । पर्साको पिडारी गुुठी गाविसको ओरियाखोलामा बुधबार सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ ।
झडपमा भारतीय तस्करहरुको आक्रमणमा परी दुईजना घाइते भएका छन् । भारतीय तस्करहरुको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका हवल्दार राजकुमार माझी र पिडारी गुठीका प्रभु चौधरी घाइते भएका हुन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
अहिले तस्करहरुलाई खोलाबाट हटाइएको सीमा सुरक्षा बल, पर्साका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुले जानकारी दिएका छन् ।
बिहारको पश्चिम चम्पारणबाट ट्याक्टर लिएर सयौंको संख्यामा उनीहरु बालुवा झिक्न ओरियाखोलामा आएको बताइएको छ ।
सीमामा रहेको भारतीय सीमा सुरक्षा बललेसमेत तस्करहरुलाई सहयोग गर्ने गरेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्