२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


0
Shares

लहान, भदौ ३० । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा बिहीबार बिहान ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स६प ७३६८ नम्बरको मोटरसाइकल धनगढी नगरपालिका–११ स्थित सडक छेउमा बिग्रेर रोकिएको ना३ख ५७५३ नम्बरको ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरीको सारस्वर–२ निवासी २५ वर्षीय ब्रह्मदेव साहको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक साहलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा राखिएको छ । (रासस)