२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


लापरबाहीले अंगभंग भएमा सवारी लाइसेन्स खारेज गर्ने कानुन बन्दै


0
Shares

काठमाडौं, कात्तिक ११ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाएको एक उच्च अधिकारीले बताए । ‘संशोधनका लागि मस्यौदा पठाइएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न निकायसँग छलफल जारी छ, सदनमा चाँडै पठाइन्छ होला ।’ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुनेछ ।

संशोधनको मस्यौदामा व्यावसायिक र गैर व्यावसायिक गरी दुई किसिमका लाइसेन्सको व्यवस्था गरिएको छ । –कान्तिपुर दैनिकबाट