
काठमाडौं, पुस २ । अमेरिकामा हालैसम्पन्न राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू हार्नुमा रुस जिम्मेवार रहेको आरोप लगाएकी छिन् ।
रुसले गरेको इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उनको तर्क छ । हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएपछि उनी यस प्रकरणमा तानिएकी थिइन् ।
अमेरिकी संघीय अनुसन्धान ब्यूरो एपबीआईले चुनावको मुखमै छानबीन थाल्दा उनलाई घाटा लागेको बताइन्छ । पार्टीका दाताहरुसँग कुरा गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निजी गुनासो रहेको पनि बताइन् ।
पाँच वर्ष अघि नै पुटिनले चुनावमा धाँधलीको कुरा उठाएको पनि उनले बताइन् । रुसमाथि डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको एक प्रमुख सहयोगीको इमेल ह्याक गरेको आरोप ह्वाइटहाउसले लगाइरहेपछि रुसले यसको खण्डन गर्दै आएको छ ।
हिलारीले यो केबल मेरो र मेरो अभियानमा मात्रै आक्रमण नभई देशविरुद्ध रहेको जिकीर गरिन । यो विषय अमेरिकी लोकतन्त्रको अखण्डता र देशको सुरक्षासँग जोडिएको पनि हिलारीले बताइन् ।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस्