
काठमाडौं, पुस २ । कुल पाँच विधामध्ये चार विधामा भारतलाई उपाधि सुम्पदै शनिबार काठमाडौंमा नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज सम्पन्न भएको छ ।
प्रतियोगितामा भारतले पुरुष एकल, पुरुष डबल, पुरुष–महिला मिक्स डबल, महिला डबल गरी चार विधामा उपाधि जितेको हो ।
भारतले महिला एकलबाहेक सबै विधामा उपाधि कब्जा गरेको हो ।
पुरुष डबल र महिला एकलबाहेक बाँकी सबै बिधामा भारतीय खेलाडी फाइनल पुगेका थिए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा पाँच दिनसम्म चलेको प्रतियोगितामा नेपाली खेलाडीहरुको चुनौती भने यसअघि नै सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्