२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लोडसेडिङ हटाउन अवरोध गरेको आरोपमा प्राधिकरणका तीन संचालक बर्खास्त


0
Shares

उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाएको हो ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला यी तीन सञ्चालकले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै बर्खास्त गरिएको हो ।