२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


देशभर २२ लाख गृह श्रमिकको अवस्था नाजुक, सरकारले ध्यान नदिएको आरोप


0
Shares

मंगलबार राजधानीमा भएको गृह श्रमिकहरुको सम्मेलनमा सरोकारवालाहरुले गृह श्रमिकको पहिचान, अधिकार, सामाजिक सुरक्षा र जीविकोपार्जनका क्षेत्रमा भएको समस्या समाधान गर्न सरकार उदासिन देखिएको आरोप लगाएका हुन् ।

उनीहरुले नेपालमा झन्डै २२ लाख गृह श्रमिकको अवस्था नाजुक रहेको बताए । त्यसमा पनि भूकम्प प्रभावित क्षेत्रका गृह श्रमिकको अवस्था झनै दयनीय रहेको उनीहरुको भनाइ थियो ।

गृह श्रमिकले उत्पादन गर्ने सामग्रिको कच्चा पदार्थ र बजारीकरणमा समस्या भएको भन्दै उनीहरुले उचित मूल्यमा कच्चा पदार्थ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले गृह श्रमिकको सामाजिक संरक्षणमा ध्यान दिन सरकारसँग आग्रह गरे । सम्मेलनमा गृह श्रमिकले उत्पादन गरेका घरेलु सामग्री प्रदर्शनमा राखिएको छ ।