१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


रोल्पामा मानवअधिकार उलंघनका ३९ घटना, घरेलु हिंसा मात्रै २५ वटा


0
Shares

-पहलमान घर्ती

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन २०१६ मा जिल्लामा भएका १४ वटा मानवअधिकार उल्घंन सम्बन्धी घटनाहरुको प्रतिवेदन सार्वजनिक गरेका हुन ।

त्यस्तै इन्सेककै अभिलेखमा २५ वटा घरेलु हिंसाका घटनाहरु समेत अभिलेख भएको इन्सेकका जिल्ला प्रतिनिधि माधवकुमार ओलीले जानकारी दिए ।

प्रस्तुत प्रतिवेदनमा सबैभन्दा बढी घरेलु हिंसा २५, बोक्सी आरोप २, बाल विबाह २, शिशु हत्या २, बालक हत्या २, बलात्कार २ वटा, पतिद्धारा हत्या २, यौन दुरव्यवहारको १ र नागरिकता नबनाइदिएको १ वटा रहेका छन् ।

प्रस्तुत गरिएको प्रतिवेदनमा विभिन्न घटनाको प्रहरीलेनै मिलापत्र गरि छाडिदिएको समेत उल्लेख गरिएको छ । उक्त कार्यक्रममा बोल्दै सांसद अमरसिंह पुनले गाउँ गाउँमा लुकाइएका मानवअधिकार उल्लंघनका घटना सार्वजनिक गर्नुपर्ने बताए ।

गाउँ–गाउँमा अहिले पनि राजनीतिक पद र शक्ति आडमा अधिकांश मानवअधिकार उल्घङ्नका घटनाहरु दबाइने गरेको पुनले गुनासो गरे ।

त्यस्तै पुनले मानवअधिकार सम्वन्धी धेरै जस्तो निवेदन प्रहरी सामु आउने भएकाले प्रहरीले सत्यतथ्यमा अधारीत भइ निष्पक्ष रुपमा छानविन गर्नुपर्ने बताए ।

बाठो पीडकले के प्रमाण मिलाउनदा मैले उन्मुक्ति पाउँछु भन्ने थाहा पाएको हुदा पीडक प्रमाण मिलाएर छुट्ने र पीडितले झन पीडा पाउने वातावरण भएकाले यस्तोे परिस्थिति हुन नदिनन न्यायलय, प्रहरीलाई आग्रह गरेका छन् ।

जिल्ला न्यायधिस कमल प्रसाद ज्ञवालीले मनवअधिकार नैशर्गीक अधिकार भएकाले संविधानमा नलेख्दैमा कुनैपनि व्यक्ति नडराउनुपने । साथै उनले मेलमिलाप गर्ने न्यायलय भएकाले अन्य स्थानमा मेलमिलाप नगर्दीन समेत आग्रह गरे ।