१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


राष्ट्रपतिबाट प्रेस काउन्सिल पत्रकारिता पुरस्कार प्रदान


0
Shares

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित एक कार्यक्रममा स्वर्गीय पत्रकार सञ्जय न्यौपाने र कर्ण बोहराका परिवारलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार न्यौपानेकी धर्मपत्नी राधिका अर्याल र बोहराकी धर्मपत्नी ममता बोहरालाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारीले वर्तमान अवस्थाप्रति गम्भीर भएर राज्य र सरकारी निकायको खबरदारी गर्न सन्चारजगतलाई आग्रह गरिन् ।

उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान पत्रकारहरुले ठूलो भूमिका खेल्नसक्ने पनि बताइन् ।

कार्यक्रममा सन्चारमन्त्री सुरेन्द्र कार्कीले ‘पत्रकारद्वयप्रतिको यो सम्मान प्रजातन्त्रकै सम्मान हो’–भने ।

उनले राजनीतिक आस्थाभन्दा विश्वसनीयताको आधारमा काम गर्न पत्रकारहरुलाई सल्लाह दिए ।

पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिताजगत अत्यन्तै जोखिमको अवस्था रहेको भन्दै जोखिमपूर्ण श्रमका क्षेत्रमा रहेका सन्चारकर्मीहरुलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

पत्रकार सञ्जय न्यौपानेको गत कात्तिक २० गते तथा बोहराको मंसिरमा निधन भएको थियो ।