सासूसँग विवाद भएको निहुँमा आफ्नै शरीरमा आगो लगाएपछि… « Image Khabar


सासूसँग विवाद भएको निहुँमा आफ्नै शरीरमा आगो लगाएपछि…


Imagekhabar
५ पुष २०७३, मंगलवार १५:०८

सासूसँग विवाद भएको निहुँमा लहान–४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पुर्‍याएका थिए ।

गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ ।

आगो निभाउनेक्रममा सरोजको हातमासमेत पोलेकाले सोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्