नेपाल–अमेरिका उद्योग वाणिज्य संघमा साख

नेपाल–अमेरिका उद्योग वाणिज्य संघको राजधानीमा सम्पन्न २१औं वार्षिक साधारणसभामा दुई देशबीच भएको टीफा सम्झौता उत्साहजनकरुपमा अघि बढ्न नसकेको निजी क्षेत्रले महसुस गरेको भन्दै प्रभावकारी बनाउन जोड दिइएको हो ।
संघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले अमेरिकी लगानी प्रोत्साहन गर्न अमेरिकासँग दोहोरो करमुक्तसम्बन्धी सम्झौता र द्धिपक्षीय लगानी प्रवद्र्धनसम्बन्धी सम्झौता गर्नुपर्ने बताए ।
उनले नेपाली तयारी पोसाक निर्यातमा अमेरिकाले घोषणा गरेको भन्सार छुटको व्यवस्थालाई थप स्पस्ट र आधिकारिकरुपमा सरकारबाट जानकारी आउनुपर्ने बताए ।
संघको साधारणसभाले किरण साखको नेतृत्वमा नयाँ कार्यसमिति चयन पनि गरेको छ ।