
एन्टार्टिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डित राष्ट्रिय झन्डासहित आरोहणमा जान लागेका हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले विहीबार लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झन्डा र हिमालमा प्रयोग हुने आइस एक्स (हिउँ बञ्चरो) प्रदान गरेका छन् । आरोहणका लागि शुक्रबार अन्टार्टिका जाने पण्डितले बताए ।
सो अवसरमा उपराष्ट्रपति पुनले आरोही पण्डितले नेपालको राष्ट्रिय झन्डा एन्टारटिकामा फहराउने कुरामा आफू विश्वस्त रहेको बताए ।
पण्डितले एसियाको सगरमाथा, अफ्रिकाको किलिमञ्जरो, युरोपको सर्वोच्च शिखर एलब्रस, अमेरिकाको सर्वोच्च शिखर एकन्कागुवाको सफल आरोहण गरिसकेका छन् ।
झन्डा हस्तान्तरण कार्यक्रममा सांसद हीराबहादुर केसी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्वसांसद वीरबहादुर सिंह र मुक्तिप्रसाद शर्मा, कतार एअरका देशीय व्यवस्थापक जयप्रकाश नेयर, राजनीतिज्ञ मणि थापा, विद्यार्थी नेता मनोजमणि आचार्य, युवाउद्यमी रघु पुरी, एनआरएन जापानका महासचिव अनुज थापालगायतले संयुक्तरुपमा बिदाइ एवं शुभकामना व्यक्त गरेका थिए ।
अन्टार्टिका महादेशमा यसअघि तीन नेपाली बुटवलका भुवनसिंह विश्वकर्मा, रामबहादुर खत्री र अर्जुनकुमार थापा पुगेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्