
व्यापारीलाई दिनहुँजसो कपास र थोत्रा कपडाका सिरक–डस्ना बनाउन भ्याइ–नभ्याई भएको छ । व्यापारीले डस्ना बनाउने कपास भारतबाट आयात गर्ने गरेका छन् । केहीले भने पुराना कपडालाई मेसिनमा पेलेर कपास जस्तै बनाएर डस्ना बनाउने गरेका छन् ।
एउटा सिरक बनाउन ४ देखि ५ किलोसम्म कपास लाग्ने गरेको छ । व्यापारीहरुले एउटा सिरकलाई १ हजारदेखि ४ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्