२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वैदेशिक रोजगारीमा जान नपाएका युवा माछा पालनबाट मालामाल


0
Shares

माछापालनसम्बन्धी तालिम लिई गाउँमै व्यावसायिक माछापालन शुरु गरेका उनले बार्षिक ३० लाख रुपैयाँ कमाउन सफल भएका छन् ।

म्याग्दीको राँखु पिप्ले–१ का २८ वर्षीय गोकुल भण्डारी विदेशको मोह त्यागेर गाउँमै परिश्रम गर्ने हो भने विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् ।

भण्डारीले पिप्ले–१ घुमाउने तालमा पाँच रोपनी जग्गामा ६५ लाख लगानी गरेर व्यावसायिक माछापालन गरेका छन् । विदेशको मोह त्यागेर माछापालन व्यवसाय सुरु गरेका भण्डारीको अर्गानिक माछापालन फर्ममा अहिले पाँचवटा पोखरी छन् ।

पोखरीमा ग्रासकार्प, शिल्भर कार्प र कमन कार्प जातका १४ हजार भूरा छन् ।