
धनकुटामा उत्पादित माछा स्वादिष्ट हुने भएकाले अत्यधिक माग भएको हो । यहाँका उच्च क्षेत्रमा असला, सहर तथा तल्लो क्षेत्रमा मुङ्ग्री, रहु, कमनकार्प, ग्रासकार्प लगायतका माछाको व्यवसायिक पालन गरिँदै आएको छ ।
पहाडी क्षेत्रमा उत्पादन गरिएको माछा खान स्वादिलो हुने तथा आयातित माछाभन्दा ताजा हुने भएकाले माग बढेको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटामा वार्षिक पाँच मेट्रिक टन माछा उत्पादन हुने गरेको कार्यालयको तथ्यांक छ । उत्पादित माछाले जिल्लाको कुल मागको १५ प्रतिशत मात्र धान्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्