२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फेवातालको सौन्दर्यकरणको लागि १ करोड २५ लाख लगानी


0
Shares

पोखरा उपमहानगरपालिका र नेपाल एसबीआई बैंकको साझेदारीमा १ करोड २५ लाख रुपैयाँको लागतमा ताल वरिपरि सौन्दर्यकरण गरिने भएको हो ।

बाराहीघाटदेखि उत्तर प्रति २ सय मिटरसम्म सौन्दर्यकरण गरिने र रेस्क्यु टावरको पनि मर्मत गरिने जनाइएको छ ।

फेवाताको सौन्दर्यकरण परियोजना शुक्रबारदेखि सुरु भएको हो ।

एसबीआई बैंकले ६ महिनाभित्र काम गरिसक्ने र ५ वर्षसम्म मर्मत–सम्भारसमेत गर्ने उपनगरपालिका र बैंकबीच सहमति भएको छ ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले बैंक र नगरपालिकाबीच साझेदारीले फेवातालको सौन्दर्यकरणमा सहयोग पुर्‍याउने बताए ।