
अपडेट
विमानमा यात्रा गरिरहेका अपहरणकारीले आत्मसमर्पण गरेपछि उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत् जानकारी गराएका छन् ।
विमानमा ८२ जना पुरुष र २८ जना महिला यात्री थिए भने सातजना चालकदलका सदस्य रहेका थिए । रासस/एएफपी
अपहरित विमानबाट १११ यात्री सकुशल रिहा, यस्तो छ अपहरणकारीको माग (अपडेटअघिको समाचार)
काठमाडौं, पुस ८ । अपहरण गरी युरोपेलीमुलुक माल्टामा जबर्जस्ती अवतरण गराइएको लिबियाको अफ्रिकिया एअरवेजको ए ३२० आन्तरिक विमानमा सवार १११ जना यात्रीहरु सकुशल रिहा भएका छन् ।
शुक्रबार विमानमा सवार हाते ग्रीनेड बोकेका अपहरणकारीले विमानमा सवार ८२ पुरुष, २८ महिला र एउटा बच्चा तथा ७ जना चालकदलका सदस्य रहेको विमानलाई अपहरण गरेका थिए ।
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले अपहरणकारीले यात्रीलाई रिहा गरी चालकदलका सदस्यलाई भने नछाडेको जनाएका छन् ।
अपहरित विमान लिबियाको सेबाबाट त्रिपोली जाँदै थियो ।
अपहरणकारीले सन् २०११ मा सत्ताच्यूत गरिएका लिबियाका तानाशाह मुअम्मर गद्दाफीका छोरालाई छाड्नुपर्ने अडान राखेका छन् ।
यस्तै, उनीहरुले माल्टामै आफूहरुलाई राजनीतिक शरण दिन पनि माल्टा सरकारसँग माग गरेका छन् ।
अपहरणकारीहरु ‘अल फताह अल गदिदा’ समूहका रहेको पनि जनाइएको छ ।
लिबिया सरकारले उनीहरुका मागकाबारेमा अहिलेसम्म केही सम्बोधन गरेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्