युरोप प्रवेश गर्ने क्रममा पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु « Image Khabar


युरोप प्रवेश गर्ने क्रममा पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु


Imagekhabar
९ पुष २०७३, शनिबार ११:२२

अहिलेसम्मको तथ्यांक अनुसार यस वर्ष युरोप प्रवेश गर्ने क्रममा भूमध्य सागरमा डुबेर मृत्यु हुनको संख्या पाँच हजार पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको हो ।

गएको बिहीबार इटालीको तटीय क्षेत्रमा दुईवटा डुंगा डुब्दा मृत्यु भएका एक सय जनासहित यो वर्ष गैरकानूनी रुपमा समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

राष्ट्रसंघले आप्रवासीको सुरक्षाका लागि ध्यान युरोपसहितको विश्व समुदायलाई आग्रह पनि गरेको छ ।

खराब मौसम तथा असुरक्षित डुंगाका कारण डुबेर ज्यान गुमाउनेको संख्या बढिरहेको राष्ट्रसंघका प्रवक्ता विलियम स्पिन्डेल्एरले बताए ।

अहिलेको अवस्था निकै चुनौतीपूर्ण रहेको भन्दै उनले मानव तस्करलाई निरुत्साहित गर्दै आप्रवासीको सुरक्षाका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्