१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विद्युत्को व्यापारबाटै देशलाई धनी बनाउने : ऊर्जामन्त्री


0
Shares

शनिबार सिन्धुलीको सिन्धुलीमाडीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले नेपालमा विद्युत्को विकास गरी जनताको आय–आर्जन वृद्धि गराउन सरकारले प्रयास गरिरहेको बताए ।

उनले विद्युत्को व्यापारबाटै मुलुकलाई धनी बनाउने र उत्पादित बिजुलीको वितरण प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री शर्माले जलासययुक्त आयोजनाको विकास गर्न मन्त्रालयले नयाँ रणनीति बनाउन लागेको जानकारी पनि दिए ।