२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सवारीचालक अनुमतिपत्रको फाराम भोलिदेखि अनलाइनबाटै भर्न सकिने


0
Shares

अनलाइन फाराम यातायात व्यवस्था विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डीओटीएम डट जीओभी डट एनपी (www.dotm.gov.np)मा गएर फाराम भर्न सकिन्छ ।

अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिए ।

‘कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवं काठमाडौंका चाबहिल र कलंकीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारीचालक अनुमति पत्रसम्बन्धी काम हुन्छ’–उनले भने ।

यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ । रासस