पुँजीबजारमा उच्च अंकको गिरावट « Image Khabar


पुँजीबजारमा उच्च अंकको गिरावट


Imagekhabar
९ पुष २०७३, शनिबार २०:००

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५ दशलमव ९४ अंकले घटेर अन्तिम दिन १४ सय ७५ अंकमा आइपुग्यो ।

यो साता कारोबार भएकामध्ये अन्य र व्यापार समूहबाहेक अरु कारोबार भएका सबै समूहमा उच्च अंकको गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च ४ सय ३ अंकले घट्यो । यस्तै, जलविद्युत समूह करिब १ सय ४ अंकले, उत्पादनमूलक समूह ८२ अंकले, वाणिज्य बैंक समूह ६२ अंकले र होटल समूहमा पनि ५८ अंकको गिरावट आयो ।

यो साता कारोबार रकममा भने सामान्य सुधार आयो । १ सय ५६ कम्पनी दुई अर्ब ८५ करोड १४ लाख रुपैयाँ बराबरका ३६ लाख ३२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता पनि १ सय ५६ कम्पनी एक अर्ब ९३ करोड ४७ लाख रुपैयाँ बराबरका ३१ लाख २६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ४७ प्रतिशतले बढी हो ।

यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि एभरेस्ट बैंक अग्रस्थानमा रह्यो ।

कारोबार रकमकै आधारमा एभरेष्ट बैंकलाई बैंक अफ काठमान्डौं लुम्बिनी, चिलिमे जलविद्युत् कम्पनी, सिद्धार्थ बैंक र नेको इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।

 

 

प्रतिक्रिया दिनुहोस्