२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सक्रान्तिबजारमा आगलागी: १४ करोड ८ लाख रुपैयाँको क्षति


0
Shares

प्रहरीले एक साता लगाएर गरेको मुचुल्का अनुसार आगोबाट घर र धनमालको गरी १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ ।

आगलागीबाट घर, किराना, फेन्सी, कपडा पसल, सघसंस्थाका कार्यालय, होटल, ग्यारेज र सुनचाँदी पसल जल्दा यो क्षति भएको तेह्रथुमका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

पीडितहरुलाई निजी क्षेत्रबाट राहत संकलन तथा वितरण पनि भइरहेको छ । आजसम्म दैवी प्रकोप उद्धार समितिले संचालन गरेको ‘सक्रान्तिबजार अग्नीपीडित राहत तथा पुनःस्थापना कोष’ मा करिब ४ लाख रुपैयाँ जम्मा भएको छ ।

जिल्लामा स्थानीय शान्ति समिति र रेडक्रसले राहत संकलन गरिरहेका छन् । पुष १ गते आगलागी हुँदा सक्रान्तिबजारका २४ घर पुर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो ।

अन्य ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए ।