२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘गौ’ हत्या विरोधमा सुदूरपश्चिममा बन्द, हेर्नुहोस हत्या गरिएका ‘गौ’को दृश्य(भिडियो)


0
Shares

-दीर्घराज उपाध्याय, ईमेज

बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन् भने बजार आंशिक रुपमा मात्र संचालित छन् ।

बन्दकर्ताले र्‍यालिसमेत गरेका छन् । गत बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर छाडिएको दावी गरिएको छ ।

सडकमा छाडा छोडिएका गाई गोरुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले गाडीमा हालेर उक्त स्थानमा छाडेको थियो ।

गाई गोरु बोक्न प्रयोग गरिएको दुई वटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानबीन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

घटनामा संलग्न ठानिएका बेदकोट नगरपालिकाका कार्यकारी अधिकृतसहितका व्यक्तिलाई कारवाही गरिने कैलालीका प्रमुख अधिकारी गोविन्द रिजालले जानकारी दिए ।